FAQs Complain Problems

संगठनात्मक स्वरुप

स्वर्गद्वारी नगरपालिका नेपालकाे प्रदेश नं. ५ अन्तर्गत प्यूठान जिल्लामा पर्दछ । भाैगाेलिक  हिसाबले ८००३६'००" देखि ८२०४८'३०" पूर्वी देशान्तर र  २८०३०'०५" देखि २८०१२'३०" उतरी अक्षांश सम्म फैिलयर रहेकाे २२४,७० वर्ग. कि.मी. क्षेत्रफलमा फैलिएर रहेकाे यस नगरपालिकाकाे उतरमा राेल्पा  जिल्ला पूर्वमा प्यूठान नगरपालिका, पश्मितिर दाङ र राेल्पा  जिल्ला र दक्षिणमा दाङ  जिल्ला र माण्डवी गाउँपालिका रहेकाे छ । साविकका गा.वि.स.हरू काेचिवाङ,स्वर्गद्वारी खाल, भिंगृ, सारी, वेलवास, वर्जीवाङ र गाेठिवाङ गाविसहरूलाइ समेटेर   मिति २०७३ फाल्गुन २२ गते स्वर्गद्वारी नगरपालिका घाेषणा गरिएकाे  थियाे । उष्ण, समशिताेष्ण र  शिताेष्ण हावापानी भएकाे यस स्वर्गद्वारीकाे अधिकतम तापक्रम ३३.५  डिग्री सेल्सियस, न्यूनतम तापक्रम ११.८ डिग्री सेल्सियस रहेकाे पाइन्छ । सामुदायिक र संस्थागत गरी ९ वटा मा.वि., ८ वटा  नि.मा.वि. र ४६ प्रा.वि. गरी जम्मा ६३ वटा  शिक्षण संस्थाहरू र  पि.एच.सि. सहित ७ वटा स्वास्थ्य संस्थाहरू संचालित छन । 

 प्यूठान  जिल्लामा अवस्थित २२४,७० वर्ग.कि.मी. क्षेत्रफलमा फैलिएर रहेकाे यस नगरपालिकाकाे जनसंख्या ३०९४० रहेकाे छ । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

Poll

नगरपालिकाबाट प्रदान गरिने सेवा प्रति कति सन्तुष्ट हुनुहुन्छ ?